Kailash Yatra for Nepali

Trip Duration 10 Days

Max Altitude 5630m.

Trip Grade Challenging

Best Season May-Sep

All Inclusive Price From US$ 185000 US$ 165000 (Price varies by group size)
See Availale Departure Dates
US$ 185000
See Group Price
No. of people Price P.P
1 US$ 185000
2 to 5 US$ 185000
6 to 10 US$ 185000
11 - Above US$ 185000
  • Hassle-free Booking
  • Personalised Guide
  • Instant Response

Get Instant Response:
+977-9841459861 (WhatsApp)

Call from USA / Canada
USA +1 562 921 8173

Trip Highlights

  • २०सौ बर्षको अनुभवी समुह द्वारा यात्रा गराइने भयकोले सुरछित यात्रा को लागि
  • यात्राा, खाना र होटेल को राम्रो सुबिधा र उचित मुल्य मा यात्रा गराउने भयकोले
  • ज्याकेट, झोला र यात्राा झोला, लौरो र आवश्यक आकाशमिक औषधी, ओक्सिजन र मास्क को ब्यबस्था भयकोले

Kailash Mansarovar Yatra for Nepali Citizen in 2025, Itinerary, Cost and Book Now !!!

हिन्दू र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर ताल पश्चिम तिब्बतको हिमालय पर्वतमालामा अवस्थित छ। हिन्दू धर्ममा कैलाश र मानसरोवर भगवान शिवको बासस्थानको रूपमा परिचित एकदमै अद्भुत आध्यात्मिक स्थल हो।

देवताका पनि देव आराध्य देव महादेव र माता पार्वतीको बासस्थान नै कैलाश पर्वत विष्णु पुराणमा व्याख्या गरे अनुसार यस पर्वतका चार मुखहरू स्फटिक, रूबी, नीलम र स्वर्ण श्रृंगारको प्रतीकको रूपमा सुशोभित मुद्रामा रहेको छ। छ वटा पर्वत हिमश्रृंखलाहरूको बीचमा अवस्थित यस पवित्र पर्वतलाई कमलको फूलको प्रतीक पनि मानिन्छ।

यस पवित्र भूमिमा सदियौंदेखि हाम्रा ऋषिमुनि, गुरुदेवता लगायत कयौं विद्वानहरूले तपस्या गरी अलौकिक शक्ति र मोक्ष प्राप्त गरेका छन् भन्ने प्रसिद्ध धार्मिक ग्रन्थहरू महाभारत, रामायण र विष्णु पुराणमा उल्लेख गरिएको छ।

रामायण महाकाव्यको उत्तरकाण्ड खण्डमा लङ्काका राजा रावणले समुद्रमा (जुन अहिले राक्षसतालको नामले प्रख्यात छ) कठोर तपस्या गरी भगवान शिवलाई खुशी पार्दै वरदान प्राप्त गरेपछि भगवान शिवको प्रतीकको रूपमा कैलाश पर्वतलाई उखेल्ने प्रयास गरे भन्ने कुरा पाइन्छ र भगवान शिवको यस संस्करणलाई रावणानुग्रह पनि भनिएको छ।

कैलाश पर्वत र मानसरोवर यात्रा

कैलाश पर्वत र मानसरोवर ताल एसियाकै सबैभन्दा शक्तिशाली हिमालय पर्वतमाला र प्रसिद्ध नदीहरू सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णालीको उद्गम स्थल हो। यही नदीहरूले एसिया प्रायद्वीपमा मानव सभ्यताको विकासमा ठूलो भूमिका निर्वाह गरेका छन्, जुन भगवानको शक्तिको प्रतीक मानिन्छ। जहाँबाट निस्कने भागीरथी गंगा कैलाश पर्वतको (चरण स्पर्श) धरतीमा जल प्रवाह हुँदै मानव सृष्टि र सभ्यताको शुरुवात गर्दछ। कैलाश पर्वत श्रृंखलाबाट निस्कने चार नदी प्रवाह सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली नदीले विश्व जगतलाई चार भागमा विभाजन गरेको छ।

समुद्र सतहदेखि २१,७७८ फिटको उचाई र ५२ किलोमिटर परिधिमा फैलिएको यस कैलाश पर्वत आकाश र धरती बीचको सम्बन्धको बिन्दु रहेको मान्यता छ। कैलाश मानसरोवर क्षेत्र विश्व आध्यात्मिक जगतको केन्द्र हो, जहाँबाट ओमकार ध्वनि प्रादुर्भाव भई विश्व आध्यात्मिक जगतलाई निर्देशित गर्दछ। कैलाश मानसरोवरमा प्रकाश तरङ्ग र ध्वनि तरङ्गको संगम भई जहाँबाट ॐकारको प्रतिध्वनि सुन्न सकिन्छ। पौराणिक कथाअनुसार यस महारात्रीको पवित्र क्षेत्रलाई धनका मालिक कुबेरको नगरी रहेको मानिन्छ।

हिन्दू धर्म अनुसार यस कैलाश पर्वतलाई एक पूर्ण प्रदक्षिणा (परिक्रमा) गर्दा जीवनको एक चक्र बराबरी, १२ पटक प्रदक्षिणा गर्दा पछिल्लो जन्म सहितको पाप समेत नाश हुने र १०८ पटक प्रदक्षिणा गर्दा मानव जीवनबाट नै मोक्ष (निर्वाण) प्राप्त भई भगवानलाई वा भगवत्व प्राप्त हुनेछ भन्ने पौराणिक मान्यता रहेको छ। पौराणिक कथन अनुसार देवगण, ऋषिगण, राक्षसगण, रावण, भस्मासुर, अन्धकासुर आदिले यही कैलाश मानसरोवरमा तपस्या गरी वरदान प्राप्त गरेका थिए। कैलाश पर्वत हिन्दू धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल मात्र नभई बौद्ध, जैन र सिख धर्मावलम्बीहरूको पनि पवित्र तपोभूमि रहँदै आएको छ।

बौद्ध धर्मावलम्बीहरूले खाङरिन्पोछे र जैन धर्मावलम्बीहरूले मेरु पर्वतका नामले पुकार्ने गर्दछन्। जैन धर्मका पहिलो तीर्थंकर र सिख धर्मका गुरु नानकले पनि भूमिबाट कठिन तपस्या गरी मोक्ष प्राप्त गरेका थिए। यसरी हेर्दा कैलाश पर्वत आध्यात्मिक दृष्टिले बहुधार्मिक पवित्र देव तपोभूमि रहँदै आएको छ। भ्रमणमा निस्कने विश्वका हजारौं यात्रीहरू धार्मिक आस्थाले होस् या जिज्ञासाले अत्यन्तै अभिरुचिका साथ लिने भएकोले यो यात्रा महत्वपूर्ण र प्रसिद्ध रहीआएको छ। विशेष ॐ ओमकार परिवारका सदस्यहरूले विशेष अभिरुचिका साथ कैलाश मानसरोवरको यात्रा गर्ने गर्दछन्।

कैलाश मानसरोवर यात्रा हिमालअयन ग्लोरी सँग नै किन ?

किनकी २०सौ बर्षको अनुभवी समुह द्वारा यात्रा गराइने भयकोले सुरछित यात्रा को लागि
यात्राा, खाना र होटेल को राम्रो सुबिधा र उचित मुल्य मा यात्राा गराउने भयकोले
ज्याकेट, झोला र यात्राा झोला, लौरो र आवश्यक आकाशमिक औषधी, ओक्सिजन र मास्क को ब्यबस्था भयकोले

Fixed Departure Dates

Jun - 17 - 2025 to Jun - 26 - 2025

US$ 165000

Jul - 12 - 2025 to Jul - 21 - 2025

US$ 165000

Aug - 11 - 2025 to Aug - 20 - 2025

US$ 165000

What's Included

  • यात्रा को लागि आवश्यक भिसा, पिर्मिट र अन्न्य आवश्यक अनुमती पत्रहरु, स्थानीय कर र भन्सार ढुवानी
  • आरामदाई बस याततात, राम्रो होटेल र गेस्टहाउस को ब्यबस्था
  • मेडिकल सम्बन्धि लामो अनुभव भएका अनुभवी नेपाली गाईड, कूक, हेल्फर र टिब्बतेन गाईड को ब्यबस्था
  • यात्रा को लागि कम्पनिको तर्फबाट सामान राख्‍ने ब्याग, पिठ्यु ब्याग, डाउन ज्याकेट र टोपिको ब्यवस्था
  • प्राथमिक उपचारका लागि आवश्यक औषधीहरू, अक्सिजन सिलिण्डर, मास्क, अक्सीमिटर आदिबाट हरेक दिन स्वास्थ जाच गरिने ब्यबस्था
  • शाहाकारी भोजन दैनीक ३ पटक ( चिया, कफि, हट चक्लेट, फलफुल र मिनेरल वाटर शाहीत)

What's Not Included

  • व्यक्तिगत खर्च, घोडामा लाग़्ने खर्च, कुल्लीमा लाग़्ने खर्च, पेय पदार्थ (जुस ,कोल्ड ड्रिङ्क हरु आदि)
  • यात्रा विमा (ट्राभल ईन्सुरेन्स यात्रि आफैले गर्नु पर्ने छ), आपतकालिन उद्धार अतिरिक्त खर्च, औषधी उपचार
  • यात्रा सहयोगी हरु को लागि टिप्प्स
  • यात्राको कार्यक्रम बाहेक व्यक्तिगत यात्रा फिर्ती भएमा लाग़्ने अतिरिक्त खर्चहरु ( भिषा रद्द शुल्क १६५ युयान, गाडी )
  • प्रकृतिक बिपत्ती - बाढी- पहिरो , भुकम्प ,राजनैतीक आन्दोलन- बन्द ,हड्ताल सरकारको आकाशमिक नयाँ नियम आदी बाट यात्रामा बाधा भई हुन आउने आतिरिक्त खर्चहरु
  • मूल्य अभिबृदि कर (१३%)

Trip Video

Route Map

You Should Know Before Travel Expand All Collapse All

नेपालमा कैलाश यात्राको लागि उत्कृष्ट टुर कम्पनी भनेर हिमालयन ग्लोरी ट्राभल्स र टुर्सलाई मानिन्छ। यस कम्पनीले २०सौ वर्षभन्दा बढीको अनुभव र विश्वसनीयताको साथ कैलाश यात्राको सेवा प्रदान गर्दै आएको छ। यात्राको सम्पूर्ण व्यवस्थापन, सुरक्षा, खाना, होटल, आवश्यक सामग्री (ज्याकेट, झोला, औषधी, अक्सिजन, मास्क आदि) र उचित मूल्यमा सेवा प्रदान गर्ने हिमालयन ग्लोरी कैलाश यात्राको लागि विश्वसनीय र उत्कृष्ट विकल्प हो। यसले यात्रालाई सहज, सुरक्षित र यादगार बनाउन पूर्ण प्रयास गर्दछ।
All Inclusive Price From US$ 185000 US$ 165000 (Price varies by group size)
See Availale Departure Dates
US$ 185000
See Group Price
No. of people Price P.P
1 US$ 185000
2 to 5 US$ 185000
6 to 10 US$ 185000
11 - Above US$ 185000
  • Hassle-free Booking
  • Personalised Guide
  • Instant Response

Get Instant Response:
+977-9841459861 (WhatsApp)

Call from USA / Canada
USA +1 562 921 8173